मीशोले ल्यायो घरबाटै काम गर्ने स्थायी योजना, अरु पनि छन् सुविधा

Share News

माघ २५, नयाँदिल्ली । कोरोना महामारी सँगसँगै बहुराष्ट्रिय कम्पनीले मात्र होइन, विश्वका कयौं कम्पनीहरुले विभिन्न तौरतरिका अपनाएर कारोबारलाई सूचारु राखे ।

यस्तो महामारीमा कम्पनी सञ्चालकहरुलाई दुई ओटा विकल्प थियो । कित कम्पनी बन्द गर्नुपरो कित नियमित सञ्चालन गर्न बैकल्पिक उपाय अपनाउनु परो । तर हिम्मत हार्दा लगानी पनि डुब्ने डर ! हुन पनि हो, आपतले उपाय पनि पहिल्याउँछ भने झैं कम्पनीहरुले वर्कफर्म होम मात्र होइन अनेकन उपाय अपनाएर आफ्ना उत्पादन,विक्री सेवा जारी राखे  ।

महामारीको  समयमा गूगललगायत कयौं बहुराष्ट्रिय कम्पनीहरुले घरबाटै काम गर्ने गरी स्थायी किसिमको योजना त ल्याएका थिए तर अहिले आएर यो योजना पनि उनीहरुले रद्द गरिसकेका छन् । 
सन्दर्भ यहाँ अलिक फरक छ । भारतको एउटा कम्पनीले भने अहिले आएर एउटा अनौठो तर फरक किसिमको उपाय अपनाएर आफ्ना कर्मचारीका लागि सुविधा ल्याउन खोजेको छ । ई - कमर्स कम्पनी मीशोले अहिले आफ्ना सवै कर्मचारीलाई आफ्नो सुविधा तथा पायक पर्ने स्थानबाट काम गर्ने गरी स्थायी योजना ल्याउने घोषणा गरेको छ । मीशोले सोमवार जारी गरेको एउटा बयानमा आफना कर्मचारीले घर, फ्ल्याट या आफूलाई लाग्ने कुनै मन पर्ने स्थानमा बसेर काम गर्न सक्ने बताएको छ ।

अब कर्मचारीले यो सुविधा स्थायी तरिकाबाट पाउने छन् ।बेंगलुरुमा मुख्यालय रहेको उक्त कम्पनीले देशभर नयाँ कामकाजी युवायुवती लक्षित रोजगारीका लागि शाखा कार्यालयहरु खोल्ने योजना पनि बनाइरहेको भन्दै इकोनोमिक टाइम्सले आफनो वेब संस्करणमा समाचार छापेको छ ।

कम्पनीका मुख्य मानव संशाधन अधिकारी आशीष कुमार सिंहले भने, ‘हामीले नयाँ दृष्टिकोणमा पुग्नु अघि विभिन्न कामकाजी मोडललाई अध्ययन गर्‍यौं, भविष्यमा यो कामकाजी मोडल अनुसार विश्वभरका प्रतिभालाई मीशोले काम गर्ने मौका दिने छ ।’
 प्रत्येक वर्ष घुम्नेफिर्ने पनि मौका 
कर्मचारिले  यो  सुविधा स्थायी रुपमा मात्र पाउने छैनन् अरु पनि सुविधा पाउने छन् । हाल कम्पनीमा करीब १ हजार ७०० कर्मचारी कार्यरत छन् । कम्पनीले नयाँ कामकाजी मोडल सबै कर्मचारीमा लागू हुने भन्दै कर्मचारीको कार्य क्षमतामा अभिवृद्धि गर्न क्रमैसँग अरु मोडल पनि लागू गर्ने बताएको छ ।

कम्पनीले यो मोडलका साथ टाढा बसेर काम गर्ने कर्मचारीलाई त्रैमासिक मिटिंगमा भौतिक रुपमा सहभागी हुने सुविधा तथा पर्यटकीय स्थलमा घुम्नफिर्न पनि मौका दिने छ ।
उक्त कम्पनी डिसेम्बर, २०१५ मा आईआईटी दिल्लीका स्नातक विदित आत्रे र सञ्जीव बर्नवालद्वारा स्थापना गरेका हुन् । यसको मुख्यालय भारतको बेंगलुरुमा रहेको छ । एजेन्सी

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।