निक्षेप संकलन ५ अर्ब घट्यो, ऋण प्रवाह बढ्यो

Share News

माघ २६, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप संकलन घटेपनि कर्जा प्रवाह भने बढेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार माघ २३ गतेको तुलनामा २४ गते बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप संकलन ५ अर्ब रुपैयाँ घटेको छ । तर, कर्जा प्रवाह भने २ अर्ब रुपैयाँले बढेको छ ।

उक्त अवधिमा वाणिज्य बैंकहरुमा ५ अर्ब रुपैेयाँले निक्षेप संकलन घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । सो अवधिमा वाणिज्य बैंकहरुको १ अर्ब रुपैयाँ कर्जा प्रवाह बढेको छ । 

माघ २४ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुमा ४८ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ भने ४६ खर्ब ७४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । जसमध्ये वाणिज्य बैंकहरुमा मात्र ४३ खर्ब ८ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । यी बैंकहरुबाट ४१ खर्ब ५१ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ । अन्य बैंक तथा वित्तीय संस्थामा भने ५ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । अन्य बैंक तथा वित्तीय संस्थाबाट उक्त अवधिमा ५ खर्ब २२ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ । 

निक्षेप संकलन घटेसँगै कर्जा प्रवाह बढ्दा सीडी रेसियो पनि शून्य दशमलव ११ विन्दुले बढेको छ । माघ २३ गते ९ं० दशमलव २७ प्रतिशत भएको सीडी रेसियो २४ गते बढेर ९० दशमलव ३८ प्रतिशत कायम भएको छ । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।