नेपाल दूरसञ्चार प्राधिकरणको बाल सुरक्षा सम्वन्धी भिडियो प्रतियोगिताको समय थप

Share News

फागुन ३, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले गर्न लागेको भिडियो प्रतियोगितामा सहभागी हुने समय थप भएको छ।

 बाल सुरक्षा सम्वन्धी भिडियो प्रतियोगितामा गरि सुरक्षित इन्टरनेट दिवस (सेफर इन्टरनेट डे) मनाउन लागेको प्राधिकरणले सहभागिता बढाउने भन्दै समय थप गरिएको बताएको छ । यसअघि फागुन २ गतेसम्मको समय दिएकोमा उक्त समयलाई बढाएर फागुन ४ गतेसम्म पुर्‍याइएको हो ।

उक्त प्रतियोगितामा सात ओटै प्रदेशका १२ देखि १८ वर्ष उमेर समूहका बालबालिका तथा किशोर किशोरीले सहभागिता जनाउन सक्ने छन् । प्रतियोगीले अनलाईन बाल सुरक्षा, डिजिटल साक्षरता, अनलाईन बाल सुरक्षामा बालक्लब र स्थानीयय तह र सरकारको भूमिका, अनलाईन संसारमा अवसर र राम्रा अभ्यासहरु,  आर्टिफिसिएल इन्टेलिजेन्स र अवसर  विकासमा सूचना, सञ्चार तथा प्रविधिको भुमिकालगायत बिषयमा रहेर भिडियो कन्टेन्ट बनाई पठाउनु पर्नेछ। 

भिडियो बढीमा २ मिनेटको एमपीफोर फर्मेटमा हुनुपर्ने छ। भिडियो बनाउँदा व्यक्तिगत वा बढीमा चार जनासम्मको समूहमा बनाउन सकिने छ।  आफ्नो प्रदेश अनुसारका प्राधिकरणको मेल ठेगानामा भिडियो सकिने प्राधिकरणले बताएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।