फागुन ३, काठमाडौ। बुद्ध एयरले आगामी मार्च १ देखि जनकपुरधाम र धनगढीबाट पोखराका लागि सिधा उडान गर्ने भएको छ ।
शुरुमा साताका ३ दिन र त्यसपछि यात्रुको माग अनुसार दैनिक उडान भर्ने योजना रहेको कम्पनीले बताएको छ । जनकपुरधाम र पोखरा साताको ३ दिन सोमबार, बिहिबार र शनिवार उडान गर्ने छ।
त्यसैगरि धनगढीबाट पोखराका लागि आइतवार, बुधवार र शुक्रवारको उडान गर्ने गरि बुद्ध एयरले उडान तालिका मंगलवार प्रकाशित गरेको छ । सिधा उडानबाट अनावश्यक झन्झटको साथै यात्रुहरुको समय पनि वचत हुने पनि कम्पनीले बताएको छ ।
यी दुई गन्तव्यको लागि बुद्ध एयरको भगिनी कम्पनी बुद्ध होलिडेजले आकर्षक प्याकेज पनि ल्याउन लागेको कम्पनीले बताएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।