ग्राहक रोजाइमा चांगनको सेडान एल्सभिन

Share News

काठमाडौं (अस) । चांगन अटोको सेडान एल्सभिन छोटो समयमै नेपाली बजारमा स्थापित हुन सकेको छ । कम्पनीका अनुसार एल्सभिन दुईमहिने अवधिमै नेपाली अटोमोबाइल उद्योगमा परिचित हुन सफल भएको हो ।

नेपाली बजारमा बिक्री सुरु भएको दुईमहिने अवधिमा ५ जना ग्राहकलाई एल्सभिन वितरण गरिएको र थप १५ जनाले  बुकिङ गरिसकेको कम्पनीले जनाएको छ । एल्सभिन आरामदायी र विविधि विशेषताका कारण ग्राहक रोजाइमा परेको कम्पनीको दाबी छ । एल्सभिनमा १.५ लिटर ब्लु कोर इन्जिन, ५ स्पिड म्यानुयल ट्रान्समिसन र १३७० सिसीको इन्जिन रहेको छ । ब्लुकोर इन्जिनले ९९ बीएचपी र १३५ एमएन टर्क प्रदान गर्ने हुँदा इन्धन खपतमा उच्चतम प्रतिफल लिन सकिन्छ ।

एल्सभिनमा एलइडी र बटरफ्लाई ग्रिल, प्रोजेक्टर हेडल्याम्पले रात्रिकालीन समयमा पनि चलाउन सहज हुन्छ । यो गाडीमा १५ इन्चको एलो ह्वील्स, स्पोर्टी फ्लाट स्टिरिङ, एन्टिलक बे्रकिङ सिस्टम र फ्रन्ट एअर ब्यागलगायत समावेश छन् । गाडीमा पार्किङ र रिभर्स दुवैका लागि वार्निङ लाइट जडान गरिएको छ । ग्राहकले चांगनको नक्सालमा रहेको सोरुममा गाडी अवलोकनका साथै टेस्ट राइड गर्न सक्ने कम्पनीले बताएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।