गौतमबुद्ध अन्तरराष्ट्रिय  विमानस्थलबाट जेठ २ देखि व्यवसायिक उडान हुने

Share News

फागुन ५, काठमाडौ ।नेपाल नागरिक उड्यन प्राधिकरणले आगामी जेठ २ गतेदेखि गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान शुरु गर्ने भएको छ ।

 प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीका अनुसार विमानस्थलको व्यावसायिक सञ्चालन गर्नु पूर्व एरोथाईले भोलिदेखि क्यालिब्रेसन फ्लाइट गर्दैछ। जसको लागि एरो थाईको एयरक्राफ्ट नेपाल आइपुगेको छ ।


क्यालिब्रेसन फलाईट सम्पन्न भए पश्चात व्यवसायिक उडानको लागि एक समिति गठन गरिएको छ । सो समितिलाई तोकिएको समयमा व्यवसायिक उडान गर्ने गरी काम गर्न जिम्मेवारी दिएको उनले बताए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।