अन्तरराष्ट्रिय बजारमा हुवावेईले ल्यायो ई–रिडर डिभाइस, अमेजनसँग प्रतिस्पर्धा गर्ने लक्ष्य

Share News

फागुन १७, काठमाडौं । चिनियाँ अग्रणी टेलिकम कम्पनी हुवावेईले नयाँ डिभाइस सार्वजनिक गरेको छ । 

अमेरिकी प्रतिवन्धपछि अन्तरराष्ट्रियस्तरमा बजार विस्तार गर्ने उद्धेष्यले हुवावेईले अमेजनको ई–रिडर डिभाइस किन्डलसँग प्रतिस्पर्धा गर्ने गरी नयाँ डिभाइस थप गरेको  हो । उक्त डिभाइस अन्तरगत मेटप्याड पेपर हुवावेईको पहिलो ई- रिडर उपकरण हो ।

यसमा १० दशमलव ३ इन्चको डिस्प्ले छ । कम्पनीले यसलाई कार्य प्रयोजनमा पनि उपयोगी हुने बताइरहेको छ । हुवावेईको एम- पेन्सिल यसमा चल्छ, जुन अन्य प्रोडक्टका लागि पनि उपयुक्त छ ।

विद्युतीय पेन्सिलले मेटप्याड पेपरमा लेख्दा हल्का खस्रो हुने र वास्तविक कागजमै लेखेजस्तै आवाज आउने अनुभूती हुने कम्पनीले दाबी गरेको छ । प्रयोगकर्ताहरूले डिभाइसमार्फत हस्तलिखित नोटहरूलाई टेक्स्टमा लैजान सक्ने भन्दै सीएनबीसीले आफ्नो वेबसाइटमा समाचार छापेको छ ।

अमेरिकी प्रतिबन्धका कारण स्मार्टफोनको बजार केही खुम्चिएपछि कम्पनीले उक्त प्रविधि बजारमा ल्याएको हो ।

 नयाँ प्रोडक्टहरूमध्ये मेटप्याड पेपर सबैभन्दा आकर्षक उत्पादन रहेको बताइन्छ । धेरै सयमसम्म ब्याट्री टिकाउन हुने, अति पातलो डिजाइन अनि परम्परागत एलसीडी डिस्प्लेहरूको तुलनामा निकै सहज तरिकाले पढ्न मिल्ने पनि सीएनबीसको समाचारमा उल्लेख छ ।

कम्पनीले नयाँ पुस्ताको ल्यापटप मेटबक्स एक्स् प्रो पनि सार्वजनिक पनि गरेको छ । यो पनि एप्पलको म्याकबुकसगँको प्रतिस्पर्धी भएको मानिएको छ । कम्पनीले यी उत्पादन चिनियाँ बजारमा उपलब्ध भइसकेको र अब अन्तरराष्ट्रिय बजारमा लैजाने तयारी गरिरहेको छ । एजेन्सी

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।