जीपको इलेक्ट्रिक गाडी सार्वजनिक

Share News

काठमाडौं (अस) । अटोमोबाइल ग्रुप स्टेलेन्टिसले आफ्नो जिप ब्रान्डलाई ‘इलेक्ट्रिफाई’ गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ । मंगलबार स्टेलेन्टिसले जीपको पहिलो ‘ब्याट्री इलेक्ट्रिक क्रसओभर’ को कन्सेप्ट सार्वजनिक गरेको हो ।

अहिले कुनै नाम नदिइएको यो इलेक्ट्रिक भेहिकल सुरुमा युरोपमा सार्वजनिक गरिनेछ भने त्यसपछि नेपाल र भारतसहित एसिया प्यासिफिक क्षेत्रमा ल्याइनेछ ।
मंगलबार सार्वजनिक गरिएको पहेंलो रंगको जीप ईभीको आकार जीप रेनेगेड र कम्पासको बीचमा रहेको छ । फ्रन्ट सटमा जीपको सिग्नेचर सेभेन स्लट ग्रिल रहेको छ भने एउटा ग्रिलमा अंग्रेजी अक्षरको ‘ई’ लेखिएको छ, जसको अर्थ इलेक्ट्रिक भन्ने बुझिन्छ ।

पछाडिको भाग भने टेलपाइपबिनाको चेरोकी वा रेनेगेडजस्तो देखिन्छ । जीपको ईभीलाई सिईओ कार्लोस टेभेरेसले स्टेलेन्टिसको २०२१ रिभ्यूमा पहिलो पटक सार्वजनिक गरेका हुन् ।

जीपका सीईओ क्रिस्टिन म्युनिरले सन् २०२५ सम्म जीपले हरेक सेग्मेन्टमा ईभी ल्याइसक्ने जानकारी दिए । यसले जीपको ब्रान्ड लक्ष्य हासिल गर्न सहयोग पुग्ने बताए ।

जिपले सन् २०३० को अन्तसम्म आफ्नो लाइनअपमा ७५ वटा बीईभी लन्च गरिसक्ने र विश्वभर वार्षिक ५० लाख ईभी बिक्री गर्ने लक्ष्य सार्वजनिक गरेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।