काठमाडौं (अस) । नेपालका लागि महिन्द्रा फोरह्वीलरको अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटो वक्र्स प्रालिले आउँदो फागुन २२ देखि २७ गतेसम्म देशव्यापी महिन्द्रा केयर फेस्ट आयोजना गर्दै छ । ४५–प्वान्ट चेकअप क्याम्पमा फ्री लेबर चार्ज, फ्री हेल्थ चेकअप, लुब्रिकेन्ट्स र स्पेयर पार्टस्मा १० प्रतिशत छुट तथा एसेसरिजमा २५ प्रतिशतसम्म छुट लिन सकिनेछ ।
महिन्द्राका ग्राहकले नेपालभरि रहेका कम्पनीका आधिकारिक सर्भिस सेन्टरमा गई केयर फेस्टमा सहभागी हुन सक्नेछन् । महिन्द्राले सेवाग्राहीलाई थप सेवा–सुविधा दिने उद्देश्यले हरेक वर्ष आयोजना गर्दै आएको केयर फेस्टमा यसपटक पनि अघिल्ला वर्षझैं ग्राहक सहभागिता रहने अपेक्षा गरेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।