आईटी क्विज : २०७० चैत्र १० , सोमबार

Share News

‘सोलार पावर’को प्रमुख स्रोत के हो ?
सोलार पावर (शौर्य ऊर्जा)को प्रमुख स्रोत सूर्य हो ।

एप्पल आईफोन पहिलोपटक कहिले सार्वजनिक गरिएको हो ?
सन् २००७ मा पहिलोपटक एप्पल आईफोन सार्वजनिक गरिएको हो ।

कम्प्युटरको भाषामा ‘सीपीयू’को पूर्णरूप के हो ?
सीपीयूको पूर्णरूप सेण्ट्रल प्रोशेसिङ युनिट हो ।

नानो, सफल, क्लासिक तथा टच केका फरक–फरक नमूना हुन् ?
यी सबै एप्पल आईपडका प्रकार हुन् ।

‘थ्री लज अफ रोबोटिक्स’का लेखक को हुन् ?
‘थ्री लज अफ रोबोटिक्स’ आइज्याक एसिमोभद्वारा लेखिएको पुस्तक हो । उनी एक प्रसिद्ध विज्ञान–उपन्यासकार हुन् ।

बिल गेट्सले कोसँग सहकार्य गर्दै माइक्रोसफ्टको स्थापना गरेका थिए ?
बिल गेट्सले पल एलेनसँग सहकार्य गर्दै माइक्रोसफ्टको स्थापना गरेका थिए ।

फायरफक्स, ओपेरा, क्रोम, सफारीलगायत केका प्रकार हुन् ?
यी सबै वेब ब्राउजरका प्रकार हुन् ।

‘आईबीएम’ कम्प्युटर तथा सूचना प्रविधिको क्षेत्रमा निकै प्रख्यात कम्पनी हो । यसको पूर्णरूप के हो ?
आईबीएमको पूर्णरूप ‘इण्टरनेशनल बिजनेश मेशिन्स’ हो ।

डब्ल्यूडब्ल्यूडब्ल्यूको पूर्णरूप के हो ?
यसको पूर्ण रूप ‘वल्र्ड वाइड वेब’ हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।