काठमाडौं (अस) । कोरियाली लक्जरी स्यूट स्याङयोङ मुसो ग्रान्ड गाडीको प्रि–बुकिङ खुला गरिएको छ । नेपालमा स्याङयोङ मोटर्सको आधिकारिक वितरक आईएमएस मोटर्सले स्यूटको प्रि–बुकिङ मार्च १३ गते देखि खुलाएको हो । आईएमएस मोटर्सले स्याङयोङ मुसो ग्रान्डको प्रि–बुकिङमा छुटसहितका अफर घोषणा गरेको छ ।
कम्पनीका अनुसार १,५०,००० को नि:शुल्क सामान, १,००,००० सम्म नगद छुट, प्रारम्भिक बुकिङ छुट १,००,०००, ८५,००० को बीमा दिइनेछ । यसबाट प्रि–बुकरलले कुल ४, ३५,००० को नगद लाभ प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ । विलासी मुसो ग्रान्ड एटिक रेस्टुरेन्ट ज्ञानेश्वरमा प्रदर्शन गरिनेछ भने इच्छुक ग्राहकलाई टेस्ट ड्राइभ सुविधा रहेको कम्पनीले जनाएको छ । कम्पनीका लक्जरी कारहरु, एसयूभी, पिकअप ट्रक र एमपीभीजस्ता विभिन्न मोडल लाइन–अप रहेका छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।