चैत ४, काठमाडौं । बेस्ट फाइनान्सको २५औं वार्षिक साधारण सभा आज (शुक्रवार) हुँदैछ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान १२:३० बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले यस वर्ष शेयरधनीलाई लाभांशको प्रस्ताव भने गरेको छैन । सभाको प्रस्तावमा भविष्यमा अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिने तथा प्राप्ति गर्नु परेमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने रहेको छ ।
सभाको अन्य प्रस्तावमा आर्थिक वर्ष २०७७/७८ को वार्षिक वित्तीय विवरण, नाफा–नोक्सान हिसाब लगायतलाई पारित गर्ने रहेको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २० गते (एक दिन) बुक क्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा फागुन १९ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य भएका छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।