चैत ११, काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोषले फागुन महीनाको खुद सम्पत्ति सम्बन्धी विवरण शुक्रवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्डले फागुन मसान्तसम्ममा रू.१३ करोड २७ लाख नाफा कमाएको हो । यो नाफा माघ मसान्तको तुलनामा भने १६ प्रतिशतले कमि हो । फण्डले माघ मसान्तसम्ममा रू.१५ करोड ९४ लाख नाफा कमाएको थियो ।
फागुन महीनामा फण्डको आम्दानीमा कमि आएकाले नाफा घटेको हो । माघ मसान्तसम्ममा फण्डको कुल आम्दानी रू। १६ करोड ० लाख रहेकोमा फागुन महीनामा घटेर रू.१४ करोड २५ लाखमा झरेको हो ।
त्यसैगरी नाफासँगै फण्डको एनएभी पनि घटेको छ । माघ मसान्तसम्ममा फण्डको एनएभी रू. १२ दशलमव ५२ रहेकोमा फागुन मसान्तसम्ममा रू. १२ दशलमव ११ कायम भएको हो । त्यसैगरी सूचीकृत शेयरमा लगानी पनि माघ महीनाको तुलनामा फागुन महीनामा घटेको छ ।
फण्डले माघ मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ४६ करोड ९ लाख लगानी रहेकोमा फागुन मसान्तसम्ममा रू. ४९ करोड ३४ लाख रहेको हो । फागुन महीनामा फण्डले लगानी गरेका कम्पनीहरुको शेयरमूल्य घटेसँगै उक्त फण्डको समग्र सूचीकृत शेयरमा लगानी घटेको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।