प्रविधि प्रयोगमा पनि एमाले अगाडि, सार्वजनिक गर्‍यो पार्टीको आफ्नै एप 'नेकपा (एमाले)'

Share News

चैत २३, काठमाडौं।  नयाँ नयाँ प्रयोगमा सधैं अगडि रहने एमाले प्रविधिको प्रयोगमा पनि अन्य राजनीतिक दलभन्दा अगाडि देखिएको छ । महाधिवेशनमा ई-भोटीङ भर्चुअल उद्धाटन जस्ता काममा प्रविधि प्रयोग गर्दै आएको नेकपा एमालेले आफ्ना सारा गतिविधिलाई पनि डिजिटलाईज गर्दै गएको छ ।

एमालेले यस्तै अर्को एउटा प्रविधिसंग पनि जोडिएको छ । आफ्नो पार्टीका गतिबिधिहरुलाई व्यवस्थीत गर्ने भन्दै नेकपा (एमाले) नामक मोबाइल एप सार्वजनिक गरेको छ । यो एपबाट पार्टीका काम, गतिबिधि र दस्तावेज हरुलाई एकै स्थानमा उपलब्ध गराईने जनाईएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ‌ओलीले एप सार्वजनिक गर्दै एपको बारेमा जानकारी सहितको भिडियो अपलोड गरिएको छ । भिडियोमा  पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले पाटीका सबै जनवर्गीय संगठन र कार्यकर्तालाई अनिवार्य डाउनलोड गर्न निर्देशन दिएका छन् ।

पार्टीद्वारा प्रकाशित सैदान्तिक वैचारीक राजनीतिक र समसामयीक बिषयका अध्ययन सामाग्री एपमा रहेको उनले बताएका छन् । पाटीको धारणा जस्ताको तस्तै जनताको हात हातमा पुर्याउन एमालेले एप ल्याएको भिडियोमा उल्लेख गरेका छन् ।  

नेताहरुका बारेमा जानकारी, तिनीहरुका लेख, रचना, विचारहरु चाहेको बेला पढ्न सकिने छ । पार्टीले तयार पारेको निर्वाचन सामाग्री र पार्टी प्रक्षिणका सामाग्री आवस्यक ठाउँमा प्रयोग गर्न सकिने बताईएको छ ।

सामाजिक सञ्जालमा आएका जानकारी, सन्देश र सूचनामुलक सामाग्री तत्काल हेर्न र पढ्न पाईने छ । हरेक पार्टी सदस्यले आफ्नो सबै बिवरण पनि यसमा राख्न सक्नेछन । पार्टीको लेवी शुल्क तथा अन्य सहयोग समेत एप मार्फत क्यूआर कोड बाट तिर्न सक्ने बनाएको छ ।   

एपबाट पार्टीका कार्यक्रमको लाईभ समेत गरिने भएको छ ।

 

स्थानीय निर्वाचनलाई मध्येनजर गर्दै पाटीका जानकारी, पाटीका नीति तथा कार्यक्रम जनतामा लैजान र पार्टी प्रति फैलाईएका भ्रमलाई चिर्न पछिल्लो प्रविधिलाई प्रयोग गर्दैजाने योजना अनुरुप एप ल्याईएको एमाले पोलिटब्यूरो सदस्य सूर्य बहादुर थापाले बताए । ‘प्रविधिको प्रयोग गरी पाटीका सबै जानकारी एकै क्लिकमा जनतामाझ पुग्ने छ,’ थापाले भने ।   उनका अनुसार उक्त एपमा पार्टीका केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहसम्मका कमिटीका डाटावेस लगायत अन्य गतिविधि राखिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।