स्थानीय चुनावी असर : एक सातामै बैंकिङ प्रणालीबाट निकालियो १० अर्ब 

Share News

वैशाख १३, काठमाडौं । स्थानीय तहको चुनावले रौनकता छाएसँगै खर्च पनि बढ्न थालेको छ । स्थानीय तहको निर्वाचन प्रक्रियाले तिब्रता पाएसँगै वित्तीय प्रणालीबाट पैसा पनि निक्लिन थालेको हो । नेपाल बैंकर्स संघका अनुसार वैशाख २ गतेदेखि ९ गतेसम्म बैंकिङ प्रणालीबाट १० अर्ब रूपैयाँ घटेको हो । 

२ गतेसम्म ४३ खर्ब ७७ अर्ब रूपैयाँ निक्षेप संकलन भएकोमा वैशाख ९ गते ४३ खर्ब ६७ अर्ब रूपैयाँ कायम भएको थियो । 

स्थानीय तहका विभिन्न पदका आकांक्षी उम्मेदवारहरूले कार्यकर्तामा खर्च बढाएकाले कपनि बैंकिङ प्रणालीमा रकम कमी आएको विज्ञ बताउँछन् । 

चुनावका लागि भनेर बैंकका राखिएको पैसा चुनाव आएसँगै निकाल्न थालेपछि बैंकिङ प्रणालीमा पैसा घटेको आशंका गरिएको छ । 

त्यस्तै उक्त अवधिमा कर्जा प्रवाह पनि १ अर्ब रूपैयाँले घटेको छ । वैशाख २ गतेसम्म ४१ खर्ब ९५ अर्ब कर्जा प्रवाह भएकोमा एक सातापछि वैशाख ९ गते ४१ खर्ब ९४ अर्ब रूपैयाँ कर्जा प्रवाह भएको संघको तथ्यांक छ । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।