बेष्ट फाइनान्सको ८८ हजारभन्दा बढी कित्ता संस्थापक शेयर लिलामीमा 

Share News

वैशाख १५, काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको ८८ हजार २५२ कित्ता संस्थापक शेयर लिलामीमा आएको छ । 

कम्पनीले दुर्गा वोहराको नाममा रहेको ८८ हजार ७१ कित्ता र जगदिश चन्द्र श्रेष्ठको नाममा रहेको १८१ कित्ता संस्थापक शेयर विक्रीका लागि बिहीवार ३५ दिने सूचना जारी गरेको हो ।

यो शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । तोकिएको अवधिभित्र के कति दर र कित्ता खरीद गर्ने हो सो समेत खुलाई कम्पनीको कमलादी, काठमाडौंमा रहेको प्रधान कार्यालयमा निवेदन पेश गर्नु पर्नेछ । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा प्रचलित कानून बमोजिम अन्य व्यक्ति तथा संस्थाहरुमा उक्त शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।