वैशाख २१, काठमाडौं । साताको दोस्रो कारोबार दिन बुधवार बजार खुलेको दुई घण्टाको अवधिमा कारोबारमा आएका २१५ धितोपत्रमध्ये अरुण भ्याली हाइड्रोपावर कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको छ ।
सो अवधिमा कम्पनीको रू. २ करोड ८२ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३९६ मा कारोबार भइरहेको छ । कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेकाले पनि सर्वाधिक शेयर खरीदविक्री भएको हो । उक्त हकप्रद शेयर निष्कासन गर्नका लागि कम्पनीले साधारण सभाबाट पारित गरिसकेको छ ।
हालसम्ममा नियामक निकाय नेपाल धितोपत्रबोर्डमा भने निवेदन दिएको छैन । यसोत कम्पनीले विद्युत् नियमन आयोगबाट हकप्रद शेयर निष्कासन गर्नका लागि स्वीकृती पाएपछि र बोर्डमा निवेदन दिएर स्वीकृती पाएपछि मात्र हकप्रद शेयर निष्कासन गर्नेछ ।
यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक १६ दशमलव २१ अंक घटेर २ हजार २९१ दशमलव २३ विन्दुमा झरेको छ । उक्त अवधिसम्ममा कुल रू. ५२ करोड १९ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।