वैशाख २९, काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनी कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा कुल रू. ५ अर्ब २१ करोड बीमाशुल्क आर्जन गरेको हो । यो बीमाशुल्क गत आवको तेस्रो त्रैमासको तुलनामा १२ प्रतिशत वृद्धि भएको हो ।
कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा कुल रू. ४ अर्ब ६३ करोड बीमाशुल्क आर्जन गरेको थियो ।कम्पनीले हालसम्ममा भने कुल रू. ३४ अर्ब ७५ करोड बीमाशुल्क आर्जन गरेको हो ।
गत आवमा कम्पनीले रू. १८ करोड २१ लाख नाफा कमाएकोमा चालू आवमा वृद्धि भएर रू. १८ करोड ४० लाख पुगेको हो । कम्पनीको आम्दानी भने गत आवको तुलनामा चालू आवमा १० प्रतिशत घटेको छ । कम्पनीले गत आवमा रू. ३१ करोड १५ लाख आम्दानी रहेकोमा चालू आवमा घटेर रू. २७ करोड ८८ लाखमा झरेको हो ।
कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ५३ करोड रहेको छ भने जगेडामा रू.४२ करोड ८२ लाख सञ्चित गरेको हो । कम्पनीको जीवन बीमा कोषमा रू. ३० अर्ब ९८ करोड जम्मा भएको छ । चालू आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ९ दशमलव ६६( वार्षिक),मूल्य आम्दानी अनुपात २ दशमलव २ गुणा र प्रतिशेयर नेटवर्थ रू. १२१ दशमलव ५७ रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।