जेठ ४, काठमाडौं एनआईबिएल एस क्यापिटलले आफ्नो खुलामुखी योजनाको इकाई खरीदविक्री हुने समय परिवर्तन गरेको छ ।
क्यापिटलले ‘एनआइबीएल सहभागिता फण्ड’ को कारोबार हुने समय परिवर्तन गरेको हो । अब यस फन्डको इकाई खरीदविक्री सोमवारदेखि शुक्रवारसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म हुने क्यापिटलले जानकारी दिएको छ ।
सरकारले सातामा दुई दिन शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेपछि सोही अनुसार इकाई कारोबारको समय परिवर्तन भएको हो । उक्त फन्डको इकाई खरीदविक्री दुवै अनलाइनबाट गर्न सकिनेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।