- गुरुत्वाकर्षणमा हुने अन्तरका कारण पृथ्वीमा २ सय पाउण्ड वजन भएको मानिसको तौल मङ्गल ग्रहमा ७६ पाउण्डमात्र हुन्छ ।
- ‘इलेक्ट्रिक इल’ नामक जीवले आफ्ना लागि खतरा भएको अन्य जीवलाई ५ सय भोल्टबराबरको विद्युतीय झड्का प्रहार गर्न सक्छ । झड्काको प्रयोगबाट यस जीवले आफ्नो खानाका लागि अन्य जीवको शिकारसमेत गर्छ ।
- खानाबाट पाइने शक्ति वा ऊर्जाको मापन क्यालोरी वा जुलमा गरिन्छ ।
- आवाजको प्रसार गति करीब ७ सय ६७ माइल प्रतिघण्टा (१ हजार २ सय ३० किलोमिटर प्रतिघण्टा) हुन्छ ।
- ८० किलोमिटर प्रतिघण्टा (५० माइल प्रतिघण्टा)को गतिमा यात्रा गर्दा कारले उपयोग गर्ने करीब आधा इन्धन वायुको चाप झेल्न प्रयोग हुन्छ ।
- सन् १९२१ को फिजिक्सअन्तर्गतको नोवेल पुरस्कार विजेता प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्ष्टाइन हुन् । सैद्धान्तिक फिजिक्समा उनले गरेको योगदानका लागि सो पुरस्कार दिइएको थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।