अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक रू.१ करोड ६८ लाख बराबरको शेयर खरीदविक्री

Share News

जेठ ५, काठमाडौं । साताको तेस्रो कारोबार दिन बिहीवार बजार खुलेको दुई घण्टाको अवधिमा कारोबारमा आएका २०६ ओटा धितोपत्रमध्ये अरुण भ्याली हाइड्रोपावरको धितोपत्रको सर्वाधिक खरीदविक्री भएको छ ।

सो अवधिमा कम्पनीको रू.१ करोड ६८ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४२२ मा कारोबार भइरहेको छ । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ३ दशमलव ३४ अंक घटेर २ हजार २७१ दशमलव शून्य ८ विन्दुमा पुगेको छ ।

उक्त अवधिसम्ममा कुल रू. ३६ करोड ७३ लाख बराबरको शेयर खरीदविक्री भएको छ । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।