वैशाख मसान्तसम्ममा लक्ष्मी उन्नति कोषले कमायो रू. ९ करोड १० लाख नाफा 

Share News

जेठ १०, काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोषले वैशाख मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण मंगलवार सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार फण्डले वैशाख मसान्तसम्ममा रू. ९ करोड १० लाख नाफा कमाएको हो । यो नाफा चैत महीनाको तुलनामा भने १० प्रतिशतले कमि आएको हो । चैत मसान्तसम्ममा फण्डले रू. १० करोड १७ लाख नाफा कमाएको थियो ।

वैशाख महीनामा फण्डको आम्दानी घटेसँगै नाफा घटेको हो । चैत मसान्तसम्ममा फण्डको आम्दानी रू. ११ करोड २६ लाख रहेकोमा वैशाख मसान्तसम्ममा रू. १० करोड ३१ लाख मा झरेको हो । त्यसैगरी फण्डको एनएभी पनि चैत महीनाको तुलनामा वैशाख महीनामा घटेको छ ।

चैत महीनामा फण्डको एनएभी रू. ११ दशमलव ६३ रहेकोमा वैशाख महीनामा रू. ११ दशमलव ४७ कायम भएको हो । त्यसैगरी फण्डले वैशाख मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. ४३ करोड ९२ लाख लगानी गरेको छ ।

यो लगानी चैत मसान्तको तुलनामा ३ प्रतिशतले कमि आएको हो । चैत मसान्तसम्ममा फण्डले सूचीकृत धितोपत्रमा रू.४५ करोड ४० लाख लगानी गरेको थियो । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।