सिद्धार्थ व्यवस्थित लगानी योजनाको नोक्सानीमा वद्धि

Share News

जेठ १२, काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ व्यवस्थित लगानी योजनाले वैशाख मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण बिहीवार सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार फण्डको नोक्सानी चैत महीनाको तुलनामा वैशाख महीनामा बढेको छ ।

चैत मसान्तसम्ममा रू. १ करोड ७३ लाख नोक्सानीमा रहेको उक्त फण्डको नोम्सानी वैशाख मसान्तसम्ममा बढेर रू. २ करोड ५ लाख पुगेको हो । वैशाख मसान्तमा फण्डको आम्दानी ऋणात्मक रहेकाले नोक्सानी बढेको हो ।

चैत मसान्तसम्ममा फण्डको आम्दानी रू. १ करोड २८ लाख ऋणात्मक रहेकोमा वैशाख मसान्तसम्ममा बढेर रू. १ करोड ५७  लाख पुगेको हो ।

त्यसैगरी फण्डको एनएभी पनि चैत महीनाका तुलनामा वैशाख महीनामा घटेको छ । चैत मसान्त सम्ममा फण्डको एनएभी रू. ९ दशमलव १६ रहेकोमा वैशाख मसान्तसम्ममा रू.९ दशमलव शून्य १ कायम भएको हो । एनएभीसँगै फण्डको सूचीकृत शेयरमा लगानी पनि घटेको छ । चैत मसान्तसम्ममा सूचीकृत शेयरमा रू. १३ करोड ९७ लाख लगानी रहेको उक्त फण्डको लगानी वैशाख मसान्तसम्ममा रू. १३ करोड ८३ लाखमा झरेको छ । 

फण्डको वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्

https://sharemarket.abhiyandaily.com/announcement-detail/baisakh-nav-report-of-siddhartha-systematic-investment-scheme-%28ssis%29
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।