जेठ १३, काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा दुई ओटा कम्पनीले हकप्रद शेयर निष्कासन गर्न निवेदन दिएका छन् ।
ङादी ग्रुप पावर र बरुण हाइड्रोपावर कम्पनीले हकप्रद शेयर निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएका हुन् ।
ङादी ग्रुप पावरले हाल कायम रहेको चुक्ता पूँजीको १५० प्रतिशत अर्थात १:१.५ अनुपातमा रू. १०० अंकित दरका १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि जेठ ९ गते निवेदन दिएको हो । कम्पनीको विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
त्यसैगरी बरुण हाइड्रोपावर कम्पनीले शत प्रतिशत अर्थात १:१ अनुपातमा रू. १०० अंकित दरका २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि जेठ ११ गते सेबोनमा निवेदन दिएको हो । कम्पनीको विक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।
यी दुवै कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर निष्कासन गर्न स्वीकृति पाएपछि मात्र निष्कासन गर्नेछन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।