जेठ १५, काठमाडौं । तारा एयरको ९ एन एईटी ट्विनअटर विमान मुस्ताङको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।
पोखराबाट जोमसोमतर्फ उक्त विमानमा १९ जना यात्रु रहेको बताइएको छ । विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्क विहीन भएको थियो । तारा एयरका अनुसार उक्त विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को- पाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा थिए ।
स्रोतका अनुसार जहाजमा १३ नेपाली, चार भारतीयसहित २ जना अन्य देशका नागरिक थिए । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद रिजालका अनुसार विमानको अन्तिम सम्पर्क टावर लेते र घासा आसपास रहेकाले अहिले नेपाली सेना र फिस्टेल एयरको हेली मार्फत खोजी भइरहेको छ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।