प्रयोगकर्ताको डेटा बेचेको आरोपमा ट्विटरलाई अमेरिकामा जरिवाना 

Share News

जेठ १५, सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी माइक्रोब्लगिङ कम्पनी ट्विटरलाई अमेरिकामा जरिवाना तिराइएको छ ।

लक्षित विज्ञापन विक्रीमा टेवा मिलोस् भनेर प्रयोगकर्ताको डेटा अनधिकृत रुपमा बेचेको आरोपमा कानून कार्यान्वयन गर्ने अधिकारीहरुले उक्त कम्पनीलाई १५ करोड डलर जरिवाना तिराइएको हो ।

कम्पनीले नियामकहरुसँगको सम्झौता उल्लंघन गरेको संघीय व्यापार आयोग (एफटीसी) र न्याय मन्त्रालयले अदालतमा पेश गरिएको कागजपत्रमा भनेको छ । कम्पनीले फोन नम्बर र इमेल ठेगाना लगायत प्रयोगकर्ताका निजी जानकारी नियामकहरुलाई नदिने सहमति गरेको थियो ।

कम्पनीले सो नियमको उल्लंघन गरेको संघीय अनुसन्धाताहरुले बताएका छन् । सन् २०२० को डिसेम्बरमा यूरोपको जीडीपीआर डेटा गोपनियता उल्लंघन गरेको आरोपमा ट्वीटर ४ लाख यूरो जरिवाना तिराइएको थियो । ट्विटरले सन् २०११ मा एफटीसीको आदेश उल्लंघन गरेको आरोप एफटीसीको छ ।

ट्विटरको अधिकांश आम्दानी यसको प्लेटफर्ममा आउने विज्ञापनबाट आउँछ । एफटीसीको तर्फबाट न्याय मन्त्रालयले दायर गरेको उजुरी अनुसार ट्विटरले सन् २०१३ मा प्रयोगकर्ताहरुलाई एकाउन्टको सुरक्षा सुधार्न फोन नम्बर वा इमेलठेगाना मागिरहेको छ ।

कम्पनीले सुरक्षा प्रयोजनतर्फ देखाउँदै निजी जानकारी मागेको भएपनि अन्त्यमा यसले ती डेटाहरु बेचेको गुनासोमा भनिएको छ । कम्पनीको उक्त अभ्यासबाट १४ करोड भन्दा धेरै प्रयोगकर्ताहरु प्रभावित भएको बताइएको छ ।

कम्पनीले अनधिकृत रुपमा थुपारेर राखेका फोन नम्बर र इमेल ठेगानाको प्रयोग बन्द गर्नु पर्ने बताइएको छ । यसरी प्रयोग भएको छ भने प्रयोगकर्तालाई सूचित गर्न, पर्सनलाइज्ड विज्ञापनहरु बन्द कसरी गर्ने भनेर बताउन, फोन नम्बर नै नचाहिने बहु–तत्व प्रमाणीकरण विकल्प उपलब्ध गराउने, यसको समीक्षा कसरी गर्ने भनेर व्याख्या गर्ने लगायत पहल गर्न पनि आदेश दिइएको छ । एजेन्सी 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।