ट्विटर सम्झौतामा फसे एलोन मस्क : कम्पनीले भन्यो सम्झौताको अवधि सकियो, एक अर्ब डलर जरीवाना तिर्नुपर्ने  

Share News

जेठ २२, काठमाडौं। सोसल मिडिया नेटवर्क  ट्विटरले एलोन मस्कसंग ट्विटर खरीदको लागि भएको ४४ बिलियन डलरको सम्झौताको अवधि सकिएको बताएको छ ।

अमेरीकी ऐन एचएसआर अनुसार उक्त सझौताको अवधि सकिएको हो । अब यसलाई ट्विटरको स्टक होल्ड र नियामक प्राधिकरणले अनुमोदन गर्नुपर्नेछ। विश्वका सबैभन्दा धनी व्यापारी एलोन मस्कले हालै ट्विटर किनेको घोषणा गरेका थिए।

ट्विटर किन्न प्रस्ताव गरेको केही दिनपछि मस्कले सम्झौतालाई केहि समयका लागि होल्ड मा राखेका थिए। ट्विटरको बारेमा थप जानकारी चाहिएको भन्दै होल्ड गरिएको भएपनि यसमा फेक अकाउन्टको मुद्दा मुख्य रुपमा समेटिएको छ ।

एचएसआर ऐन के हो ?
एचएसआर ऐनले अमेरिकामा ठूला रकमका कारोबारका लागि नियमनको काम गर्छ। एचएसआर को पूरा रूप हार्ट-स्कोट रोडिनो एन्टीट्रस इम्प्रुमेन्ट एक्ट हो। यस अन्तर्गत, जब कुनै कम्पनीले अरबौं डलर वा ठूलो रकमको कारोबार गर्छ, सम्बन्धित पक्षहरूले फेडरल ट्रेड कमिसन र अमेरिकी न्याय विभागको न्याय एन्टीट्रस्ट डिभिजनलाई रिभ्यूको लागि रिपोर्ट गर्नुपर्छ।
एलोन मस्कले ट्विटर किन्न ४४ अर्ब डलरको प्रस्ताव गरेका थिए । यसमध्ये ३३.५ अर्ब डलर इक्विटी शेयरमूल्यका रूपमा लिनुपर्नेछ भने १३ अर्ब डलर ट्विटरको नाममा लिनुपर्नेछ ।

के शर्त राखेका थिए मस्कले ?
मस्कले भने ट्विटर किन्नको लागि प्रस्ताव गरेको यो रकम ट्विटर ग्राहकहरूको वास्तविक संख्याका आधारमा थियो ।  उनले ५ प्रतिशत भन्दा कम खाताहरू नक्कली भएको प्रमाण नभएसम्म सम्झौतामा अगाडि बढ्न नसकिने उनले बताउँदै आएका छन् । तर मस्कले आँफु अझै ट्विटर किन्न प्रतिबद्ध भएको स्पष्ट पार्दै आएका छन् ।

यदि एलोन मस्क आफैं यो सम्झौताबाट पछि हटे भने उक्त ऐन अनुसार  उनलाई १ अर्ब डलर जरीवाना लाग्न सक्छ । यस सम्बन्धमा कम्पनी र मस्कबीच सम्झौता भइसकेको छ।  जसमा सम्झौता रद्द गर्ने पक्षले १ अर्ब डलर जरीवाना तिर्नुपर्ने उल्लेख छ । एजेन्सी


 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।