एप्पलको आईओएस १६ का फिचर सार्वजनिक,  सेन्ट भइसकेको म्यासेज पनि सम्पादन हुने

Share News

जेठ २४, काठमाडौं। एप्पलले वर्ल्डवाईड डेभलपर्स कन्फेरेन्स (डब्लूडब्लूडीसी) कार्यक्रममा आईओएस १६ सर्वजनिक गरेको छ ।  

एप्पलले डब्लूडब्लूडीसी २०२२ कार्यक्रममा आफ्नो अपरेटिङ सिस्टमको नयाँ अपडेट ल्याएको हो ।  तर यसलाई तत्कालै अपडेट गर्न भने पाईने छैन । सेप्टेम्बरमा सार्वजनिक हुने आईफोन- १४ सँग आईओएस १६ रिलिज हुनेछ। आईओएस १६ लाई  आइफोन-७ सिरिजदेखि पछिल्लो सबै संस्करणमा अपडेट हुने बताइएको छ । 

आईफोनमा भिडियो लाइभ  र टेक्स्ट म्यासेज पठाउन सकिने भएको छ । त्यस्तै  सूचना पनि नयाँ तरिकामा उपलब्ध हुने कम्पनीले बताएको छ । नयाँ अपडेटमा एप्पलले लक स्क्रिनमा सबैभन्दा ठूलो परिवर्तन गरेको छ। प्रयोगकर्ताहरूले लक स्क्रिनमा आफु अनुकुलका  विकल्प छान्न पाउने छन्। 

आईओएस १६ कति फरक छ ? 
डब्लूडब्लूडीसी २०२२ कार्यक्रममा प्रस्तुत गरिएको आइओएस १६ को फिचर  बहुप्रतिक्षित रिभ्याम्प भएको बताइएको छ । आईओएस १६ मा  आईफोन प्रयोगकर्ताहरूले लक स्क्रिनमा धेरै परिवर्तनहरू गर्न सक्छन्, जसले फोन पहिलेको भन्दा फरक देखिनेछ।

यसअघि आईफोनको फोकस फिचरको बारेमा प्रश्न उठ्दै आएको थियो ।यसपटक एप्पलले फोकस भिजिट एपमा सुधार गरेको छ । कार प्लेमा पनि केही परिवर्तन गरिएको छ । यसलाई विद्युतीय कारमा प्रयोग हुने ग्याजेटका आधारमा बनाइएको हो । यसबाट इलेक्ट्रिक कारका फिचरहरुलाई स्मार्ट तरीकाले व्यवस्थापन गर्न सकिने बिकल्प समेत दिएको छ ।

एन्ड्रोइडको फिचरले गोपनीयतासँग खेलेको अर्थात् ध्यान नदिएको आरोप लाग्दै आएको छ । तर, एप्पलले थप सुविधाको साथ गोपनीयताको ख्याल राखेको छ । एन्ड्रोइड फोनहरूमा फन्ट र वालपेपर परिवर्तनका सुविधाहरू लामो समयदेखि आउन थालेको भएपनि आइफोन प्रयोग गर्नेहरूका लागि यस्तो सुविधा अहिलेसम्म थिएन। आइओएस-१६ मा यो सुविधा समेत हुनेछ।

त्यस्तै सेन्ट भइसकेको म्यासेज समेत संपादन (इडिट) गर्नमिल्ने सुविधा दिने भएकव छ । एप्पलले आफ्नो मेसेजिङ एपमा प्रमुख तीन सुविधाहरू थपेको बताएको छ। अब प्रयोगकर्ताहरूले  आइम्यासेज सजिलै सम्पादन गर्न सक्नेछन् ।

अहिले किन्नुहोस्, पछि भुक्तानी गर्नुहोस् 
एप्पल पेमा अब ‘बाइ नाउ पे लेटर’ सुविधा उपलब्ध हुनेछ। यसमा, खरिद गरिएको रकम ४ किस्तामा विभाजन गरिनेछ।  जुन बिना कुनै ब्याज दर ६ हप्ता भित्र भुक्तानी गर्न सकिन्छ। तर यस्ता सेवा सबै देशमा उपलब्ध भने हुने छैन ।

लाइभ टेक्स्टले अब भिडियोमा पनि काम गर्ने
लाईभ फोटोको सुविधा दिंदै आएको एप्पलले भिडियोमा पनि यो सेवा दिएको छ यसले भिडियो पज गर्न र यसबाट लाईभ क्लिप लिन सकिने छ । कम्पनीले यसमा होटलको कोठाको जडान हुने डिजिटल ढोकाको चाबी सेयर गर्ने विकल्प पनि दिएको छ ।
यस बाहेक  एप्पल नक्सालाई पनि बिस्तार गरेको छ । यो सुविधा फ्रान्स, न्यूजील्याण्डसहित ११ ओटा देशहरूमा विस्तार गरिएको छ। नयाँ अपडेटमा, एक पटकमा १५ ओटा स्टपहरू थप्न सकिन्छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।