जेठ २४, काठमाडौं। एप्पलले वर्ल्ड वाइड डेभलपर्स कन्फरेन्स (डब्लुडब्लुडीसी) मा आफ्नो नयाँ दुई ल्यापटप (म्याकबुक) सार्वजनिक गरेको छ ।
एम-२ चिपसहित म्याकबुक एयर- २०२२ र म्याकबुक प्रो-२०२२ मोडेल का ल्यापटपहरू सार्वजनिक गरेको हो। कम्पनीले सन् २०२० मा पहिलो सिलिकन चिप एम-१ सार्वजनिक गरेको थियो । हाल सार्वजनिक भएका म्याकबुक त्यसैको अपग्रेडेड संस्करण हुन। यो नयाँ चिपसँगै कम्प्युटरको सीपीयू र जीपीयूको कार्यसम्पादन क्षमता छिटो हुनेछ ।
म्याकबुकका नयाँ मोडलहरू अर्को महीनादेखि उपलब्ध हुनेछन्। म्याकबुक एयर- २०२२ को प्रारम्भिक मूल्य नेपाली १ लाख ९२ हजार रुपैयाँ र म्याकबुक प्रो-२०२२ को नेपाली २ लाख ८ हजार रुपैयाँ हुनेछ।
एप्पलले २०२० मा पहिलो एम-१ सिलिकन चिप लन्च गरेको थियो । एम-२ चिपसेट एम-१ चिपभन्दा धेरै शक्तिशाली हुने बताइएको छ । म्याकबुक एयर- २०२२ को सीपीयू मा १८ प्रतिशत बढि कार्यसम्पादन क्षमता रहेको छ भने ३५ प्रतिशत उच्च कार्यसम्पादन क्षमता हुनेछ । एम-२ चिपको सीपीयू १.९ गुणा र जीपीयू एम-१ चिपभन्दा २.३ गुणा छिटो हुनेछ।
म्याकबुक एयर- २०२२ ३.६ इन्चको लिक्वीड रेटिना डिस्प्लेले हुनेछ। यसको डिस्प्ले साइज पनि बढाइएको छ। यसमा २ टीबीसम्म एसएसडी स्टोरेजर २४ जीबीसम्म र्याम हुनेछ। ल्यापटपमा १ हजार ८० पीक्सलको क्यामेरा हुनेछ। पुरानो संस्करणमा यो ७२० पीक्सल मात्रै थियो । यसमा सी-टाइप फास्ट चार्जिङ भएको म्याकबुकमा एप्पलले एक पटक चार्जमा १८ घण्टाको ब्याट्री ब्याकअप भएको दाबी
एप्पल म्याकबुक एयर जस्तै, म्याकबुक प्रो- पनि एम-२ चिपसँग हुनेछ। यसमा २४ जीबी सम्मको र्याम र २ टीबी सम्मको स्टोरेज क्षमता रहेको छ । यसमा १३ इन्चको लिक्वीड रेटिना डिस्प्ले पनि छ। एप्पलले म्याकबुक प्रो-२०२२ ले एक पटक चार्जमा २० घण्टाको ब्याट्री ब्याकअप दिने दाबी गरेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।