जेठ २५, काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन बिहीवार जेठ २६ गतेसम्म रहेको छ ।
कम्पनीले ४ लाख ४९ हजार ३२८ कित्ता अवितरित हकप्रद शेयर जेठ १८ गते देखि लिलामीमा ल्याएको हो । उक्त शेयर खरीद गर्न इच्छुक जो कोही व्यक्ति ,कम्पनी तथा संघसंस्थाहरुले बिहीवार कार्यालय समयभित्र बोलपत्र पेश गर्न सक्नेछन् ।
कम्पनीले चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म १ बराबर शून्य दशमलव ३९३६ को अनुपातमा हकप्रद शेयर जारी गर्दा वितरण हुन नसकेको उक्त शेयर लिलामीमा ल्याएको हो ।
यो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू.१०० तोकिएको छ । उक्त शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
आगामी जेठ २६ गतेसम्म इच्छुक खरीदकर्ताहरुले कम्पनीको कार्यालय ट्रेड टावर थापाथली, काठमाडौं, मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालय नक्साल, काठमाडौं र मुक्तिनाथ विकास बैंकको ठिमी–भक्तपुर, कुमारीपाटी–ललितपुर, इटहरी, इलाम, पोखरा, बुटवल, विराटनगर, वीरगञ्ज, नारायणगढ, सुर्खेत, नपालगञ्ज, धनगढी र जनकपुर शाखाबाट पनि आवेदन प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था छ ।
कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।