अपि पावरको अवितरित हकप्रदमा गोप्यशिलबन्दी बोलपत्र पेश गर्ने आज अन्तिम दिन 

Share News

जेठ २६, काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले जेठ १८ गतेदेखि लिलामीमा ल्याएको ४ लाख ४९ हजार ३२८ कित्ता अवितरित हकप्रद शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने आज (बिहीवार) अन्तिम दिन रहेको छ । 

कम्पनीले चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म १ बराबर शून्य दशमलव ३९३६ को अनुपातमा हकप्रद शेयर जारी गर्दा वितरण हुन नसकेको उक्त शेयर लिलामीमा ल्याएको हो । 

चैत १३ गतेसम्म कायम शेयरधनीहरुका लागि जारी भएको उक्त हकप्रद शेयर खरीदका लागि तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरुलाई जेठ ५ गते बाँडफाँट गरिएको थियो । 

यो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १०० तोकिएको छ । खरीद गर्न इच्छुक लगानीकर्ताहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । 

इच्छुक खरीदकर्ताहरुले कम्पनीको कार्यालय ट्रेड टावर, थापाथली, काठमाडौं, मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालय नक्साल, काठमाडौं र मुक्तिनाथ विकास बैंकको ठिमी–भक्तपुर, कुमारीपाटी–ललितपुर, इटहरी, इलाम, पोखरा, बुटवल, विराटनगर, वीरगञ्ज, नारायणगढ, सुर्खेत, नपालगञ्ज, धनगढी र जनकपुर शाखाबाट पनि आवेदन प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था छ । 

कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । 

हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ७५ करोड ८९ लाख १५ हजार रहेको छ । अवितरित हकप्रद शेयर समेत बाँडफाँट पश्चात् अपिको चुक्तापूँजी रू. ३ अर्ब ८४ करोड ४९ लाख १५ हजार रहेको पुग्नेछ । 

अपिले निर्माणाधित ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाका लागि थप पूँजी जुटाउन अपिले हकप्रद निष्कासन गरेको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।