मनसुन आगमनसँगै उपत्यकामा शुरु भयो रोपाईं (फोटो फिचर)

Share News

जेठ २९, काठमाडौं । काठमाडौं उपत्यकामा रोपाईं शुरु भएको छ । असारको आगमनसँगै किसानहरुलाई रोपाईंको चटारो हुन थालेको छ । 

सामान्यतया असार १५ पछि रोपाई शुरु हुने मानिए पनि काठमाडौं उपत्यका वरपरका क्षेत्रमा रोपाई शुरु भइसकेको छ । लगातार भइरहेको वर्षाका कारण पनि यो वर्ष किसानलाई रोपाईं गर्न सजिलो भएको छ । 

ललितपुरको छम्पी क्षेत्रका किसानहरु पनि रोपाईंमा व्यस्त छन् । कोही खेत खन्दै छन्, कोही बीऊ काढ्ने, कोही गोरु लगाएर खेत साउने गर्दै छन् भने रोपाहारहरु खेत रोप्दै गरेको देख्न सकिन्छ ।

                                                                                  तस्वीर : सुनिल शर्मा /आर्थिक अभियान

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।