असार १, काठमाडौं । अपि पावर कम्पनीको लिलामी शेयरमा परेको गोप्य शिलबन्दी बोलपत्र आज (बुधवार) खोलिने भएको छ ।
कम्पनीले गत जेठ १८ गतेदेखि २६ गतेसम्म ४ लाख ४९ हजार ३२८ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको थियो ।
उक्त शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । बुधवार बिहान ९:३० बजे विक्री प्रबन्धकको कार्यालयमै बोलपत्र खोलिने जानकारी दिइएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।