मर्जरका कारण रोकिएको आँधीखोला लघुवित्तको शेयर कारोबार फुुकुवा भएसँगै लाग्यो सर्किट 

Share News

असार १, काठमाडौं । आँधीखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा बुधवार सकारात्मक सर्किट लागेको छ । 

कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा बुधवार ९ दशमलव ९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४९३ दशमलव २० पुगेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले सकारात्मक सर्किट लागेको हो । मार्केट डेप्थमा कम्पनीको शेयरमा ९२ हजार ९०४ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ ।  

लामो समयदेखि मर्जरका कारण रोकिएको कम्पनीको शेयर जेठ २७ गतेदेखि कारोबार फुकुवा भएको हो । धौलागिरी लघुवित्त वित्तीय संस्था र यस आँधीखोला लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जरमा जाने सम्झौता रद्द भएसँगै शेयर कारोबार फुकुवा भएको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।