मोबाइल टावरको रेडियसनले मानव जीवनमा पार्ने असरको अध्ययन गर्न परामर्शदाता छनौट

Share News

असार ५, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल टावरको रेडियसनले मानव जीवनमा असर पार्छ/पार्दैन भन्ने अध्यन गर्न परामर्शदाता कम्पनी छनौट गरेको छ ।  पछिललो समय  मोबाइल टावरको रेडियसनले मानव जीवनमा असर पार्ने भन्दै घर र बस्तीमा मोबाइल टावर निर्माण गर्न अवरोध हुनेगरेको सेवाप्रदायकले गुनासो गर्दै आएका थिए ।

विश्वब्यापी रुपमै यस सम्बन्धी अध्ययन भएरहेका बेला सरकारलेनै प्राधिकरणलाई यस सम्बन्धी अध्ययन गर्न भनेको थियो । गत वर्ष मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकले नेपाल दूरसञ्चार प्राधिकरणलाई मोबाइल टावरबाट निस्कने विकिरणले मानव स्वास्थ्यमा असर गर्छ कि गर्दैन वा जोखिम न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा प्राविधिक अध्ययन गर्न निर्देशन दिएको थियो ।

प्राधिकरणले गएको पुसमा दुई ओटा प्याकेजमा अध्ययन प्रक्रिया अघि बढाएको थियो । पहिलो प्याकेज अन्तर्गत प्रदेश १ र मधेश प्रदेश समेटिएको छ । दोस्रो प्याकेज अन्तर्गत कर्णाली र सुदूरपश्चिम प्रदेश रहेको छ । प्राधिकरणले दुई प्याकेजमाआएका आवेदन मध्येयबाट पहिलो चरणमा ६-६ ओटा कम्पनी छनोट गरिएको जनाएको छ  ।

छनोट हुनेमा ललितपुरको धापाखेलमा रहेको टेनजेन्ट कन्सल्टेन्ट ग्रुप, टेक्नोलोजी एण्ड सप्लायर्स, सीतापाइला रहेको इन्क्लुसिभ र एभरेस्टको जेभी रहेको छ । ईटीसी र टीसीएनको जेभी, इन्टेलको डिशको जेभी र जलजला बिल्डर्स एण्ड इन्फ्रास्ट्रक्चर कम्पनी रहेका छन् । उनीहरूबाट आएको आर्थिक र प्राविधिक प्रस्ताव अध्ययन गरी अन्त्तिम चरणमा दुई ओटा कम्पनी छनौट हुनेछन् । प्राधिकरणले एक लाई प्रदेश १ र मधेश प्रदेशको अध्ययनको जिम्मा दिईने छ भने अर्को लाई कर्णणाली र सुदुरपश्चिम प्रदेशको जिम्मा दिने छ ।  

यसरी छनौट भएका परामर्शदाताले पहिलो प्याकेजम  ६०० ओटा मोबाइल टावरको र दोस्रो प्याकेजमा करिब ४०० मोबाइल टावर अध्ययनमा समेटिनु पर्ने प्रावधान राखिएको छ ।

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।