आदर्श लघुवित्तको आईपीओमा मागभन्दा ३२१ गुणा बढी आवदेन  

Share News

असार ५, काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर (आईपीओ) मा मागभन्दा ३२१ दशमलव ६९ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङका अनुसार आवेदन दिने अन्तिम दिन (आइतवार) सम्म उक्त आवेदन परेको हो । कम्पनीले असार १ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ६७ लाख रूपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो ।

आवेदन दिने अन्तिम दिनसम्म १७ लाख ९६ हजार ६८४ जनाले २ अर्ब १ करोड ४२ लाख ६१ हजार रुपैयाँ बराबरको शेयर माग गरेका छन् ।  

निष्कासन गरिएको कुल कित्ता आईपीओमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् १ हजार ३५ कित्ता शेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ । कम्पनीले ५ प्रतिशत अर्थात् ३ हजार ३५० कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिसकेको छ । यी बाहेक बाँकी ६२ हजार ६१५ कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा ल्याइएको थियो । 

आईपीओ निष्कासन गरी बाँडफाँडपछि कम्पनीको चुक्तापूँजी २ करोड ७ लाख रुपैयाँ पुग्नेछ । कम्पनीको आईपीओ विक्री प्रवन्धकमा बि.ओ.के. क्यापिटल मार्केट लिमिटेड रहेको छ ।  

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।