असार ६, काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयर बाँडफाँट भएको छ । कम्पनीको अवितरित हकप्रद शेयर असार ५ गते आइतबार बाँडफाँट भएको हो ।
कम्पनीले सर्वसाधारण समूहतर्फको ४ लाख ४९ हजार ३२६ कित्ता अवितरित हकप्रद शेयर जेठ १८ गते देखि विक्री खुला गरेको थियो ।
कम्पनीको अन्तिम मूल्य रू.२४० राखी शेयर बाँडफाँट गरिएको विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।
आवेदकहरुको बाँडफाँटमा नपरेको शेयर बापतको रकम फिर्ता असार ८ गते बुधबारदेखि हुने क्यापिटलले जानकारी गराएको छ ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहोला
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।