असार १२, काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ व्यवस्थित लगानी योजना (खुलामुखी योजना) ले सम्पत्ति मूल्य विवरण आइतवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्डको प्रतिइकाइ खुद मूल्य (न्याभ) वैशाख महीनाको तुलनामा जेठ महीनामा घटेको छ । वैशाख मसान्तसम्ममा फण्डको न्याभ रू. ९ दशमलव शून्य १ रहेकोमा जेठ महीनामा रू. ७ दशमलव ९९ कायम भएको हो । एक महिनाको अवधिमा न्याभ रू. २ दशमलव शून्य १ घटेको हो ।
त्यसैगरी फण्डको नाफा जेठ महीनामा पनि घटेको छ । फण्ड वैशाख मसान्तसम्ममा रू. २ करोड ५ लाख घाटामा थियो भने जेठ महिनामा ४ करोड २४ लाख नोक्सानीमा रहेको छ ।
जेठ महीनामा फण्डको खर्चमा वृद्धि भएकाले र जम्मा आम्दानी घटेकोले नाफा घटेको हो । वैशाख मसान्तसम्ममा जम्मा खर्च रू. ४७ लाख ४९ हजार रहेकोमा जेठ मसान्तसम्ममा बढेर ५० लाख ३७ हजार पुगेको हो ।
त्यसैगरी जेठ मसान्तसम्ममा फण्डको जम्मा आम्दानी रू. ३ करोड ७४ लाख घाटामा रहेको छ । गत महिनामा पनि फण्डको जम्मा आम्दानी रू. १ करोड ५७ लाख रुपैयाँ घाटामा थियो ।
फण्डको जम्मा सूचीकृत शेयरमा लगानी भने घटेको छ । वैशाख मसान्तसम्ममा फण्डको सूचीकृत शेयरमा रू. १३ करोड ८३ लाख लगानी रहेकोमा जेठ मसान्तसम्ममा घटेर रू. १२ करोड २ लाख पुगेको छ । फण्डको मुद्दती निक्षेपमा रू. ३ करोड रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।