असार १२, काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको अध्यक्षमा राम श्रेष्ठ दोहोरिएका छन् । कम्पनीको आइतवार सम्पन्न १३औं र १४औं संयुक्त वार्षिक साधारण सभाले उनलाई दाेस्राे कार्यकालका निर्विराेध निर्वाचित गरेकाे हाे ।
साधारण सभाबाट संस्थापकतर्फ श्रेष्ठसहित चार र सर्वसाधारणतर्फ एक महिला सञ्चालकमा निर्विरोध निर्वाचित भएका छन् । निर्विराेध निर्वाचित हुने अन्य सदस्यहरूमा दिनेशप्रसाद श्रेष्ठ, रामप्रसाद सापकोटा र दृष्टान्त तामाङ्ग बम्जन छन् । त्यस्तै, सर्वसाधारण तर्फबाट रेणुका लिम्बु निर्विरोध निर्वाचित भएका छन् । नवनिर्वाचित सञ्चालकहरूको कार्यकाल चार वर्षको रहने कम्पनीले जानकारी दिएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।