आदर्श लघुवित्तको आईपीओ बाँडफाँट, ६ हजार २६१ जनाले पाए १० कित्ताका दरले शेयर

Share News

असार १३, काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाको आईपीओ सोमवार बिहान बाँडफाँट भएको छ ।

विक्री प्रबन्धक बिओके क्यापिटलको कार्यालयमा गरिएको बाँडफाँटमा कुल ६ हजार २६१ जना सर्वसाधारण लगानीकर्ताहरुले मात्र शेयर पाएका छन् । जसमध्ये ५ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले शेयर पाएका हुन् । यो आईपीओमा १६ लाख ७४ हजार ६५२ जनाले आवेदन दिएकामा १ हजार ८५८ जनाको आवेदन रद्द भएको बिक्री बीओके क्यापिटलले जानकारी दिएको छ ।

 कम्पनीले असार १ गतेदेखि ५ गतेसम्म ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ जारी गरेको थियो ।

जसमध्ये ५ प्रतिशत अर्थात् ३ हजार ३५० कित्ता सामूहिक लगानी कोष र शून्य दशमलव ५५ प्रतिशत  अर्थात् १ हजार ३५ कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको ६२ हजार ६१५ कित्ता सर्वसाधारणका लागि खुला गरिएको थियो । लगानीकर्ताले विक्री प्रबन्धक बीओके क्यापिटलको वेबसाइट र मेरोशेयर एपबाट आईपीओको नतिजा हेर्न सक्नेछन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।