असार १४, काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल ब्यालेन्सड् फण्ड ३ को नोक्सानी वैशाख महीनाको तुलनामा जेठमा बढेको छ । योजनाले सार्वजनिक गरेको जेठ मसान्तसम्मको वित्तीय विवरण अनुसार फण्ड असार मसान्तसम्म रू. १९ करोड १ लाखभन्दा बढी नोक्सानी रहेको छ । यस्तो नोक्सानी वैशाख मसान्तसम्म रू. ९ करोड ५६ लाख रहेको थियो ।
१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजना २०७८ साल असोज ७ गतेदेखि सञ्चालनमा रहेको छ । योजनाले १२ करोड ५० लाख इकाइ जारी गरेको छ । वैशाख मसान्तसम्म रू. ९ दशमलव २३ रहेको प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) जेठ महीनामा घटेर रू. ८ दशमलव ४८ कायम भएको छ । योजनाको धितोपत्र तथा बैंक मुद्दती निक्षेपमा रहेको कुल लगानी रकम रू. ८३ करोड २ लाखभन्दा बढी छ ।
योजनाले सूचीकृत शेयरमा गरेको लगानीको बजार मूल्य रू. ६० करोड २५ लाखभन्दा बढी र ऋणपत्रमा गरेको लगानीको बजारमूल्य रू. ४ करोड २४ लाखभन्दा बढी रहेको छ । बैंक मुुद्दती निक्षेपमा भने योजनाको लगानी रू. १८ करोड ४५ लाखभन्दा बढी छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।