असार १९, काठमाडौं । पछिल्लो समय विश्वभर नोकरीबाट राजीनामा दिने लहर चलेको छ । कोरोना भाइरसको महामारीबाट विस्तारै अर्थतन्त्र उब्रिदै गर्दा श्रम बजारमा सुधार आएसँगै राजीनामा दिने होड अर्थात् ग्रेट रेजिग्नेशन चलिरहेको छ ।
केही समय अघि अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्टले गरेको सर्वेक्षणमा पनि युवा पुस्ता विशेषगरी जेनरेशन जेड (१८ वर्षदेखि २६ वर्षबीच) र मिलेनियल (२७ वर्षदेखि ४१ वर्षबीच) कामदारहरुमध्ये ५२ प्रतिशतले यस वर्ष जागिर फेर्ने बताएका थिए ।
सन् २०२१ को जनवरीदेखि सन् २०२२ को फेब्रुअरीको बीचको १४ महीनाको अवधिमा ५ करोड ७० लाखले राजीनामा दिएका थिए । यो महामारी पूर्वको सोही अवधिको तुलनामा २५ प्रतिशत धेरै थियो । हाकिम नराम्रो भएर कार्यालयमा काम गर्ने वातावरण नराम्रो भएर उनीहरुले जागिर छाडेका होइनन् बरु अहिलेको कम्पनीमा करियर अगाडि बढ्ने देखेर कम्पनी फेर्न खोजेका हुन् । पछिल्लो समय राजीनामा दिने अधिकांशले तत्कालै अन्यत्र जागिर पनि पाएका छन् ।
केही ठूला कम्पनीको कर्मचारी टिकाइराख्ने दर निकै उच्च छ । कर्मचारीहरुले केही कम्पनी फिटिक्कै छाड्न चाँहदैनन् । रेज्यूमेडटओईले ठूला कम्पनीहरुमा गरेको एउटा अध्ययनले यस्तो देखाएको हो ।
यो वरियतामा रेजुमेले शुरुमा विमान सेवा प्रदायक, स्वास्थ्य सेवा हेरचाह र बैंकिङसमेत १३ ओटा मुख्य क्षेत्रमा सबैभन्दा धेरै कर्मचारी भएका कम्पनी खोजेको थियो । यसमा हरेक कम्पनीमा कर्मचारीको औसत कार्य अवधि निर्धारण गर्न लिंक्डइनको डेटाको प्रयोग गरिएको थियो ।
सर्वेक्षणअनुसार एचएसबीसी बैंक र न्यूट्रोगेनामा कर्मचारीको औसत कार्यअवधि १० दशमलव २ वर्ष छ । यी दुई कम्पनी सूचीको शीर्ष स्थानमा छन् । यी दुबै कम्पनी १०० वर्षभन्दा धेरै पुराना हुन् । कर्मचारीहरुले छाड्न नचाहने कम्पनीको सूची निम्नानुसार छ
१. एचएसबीसी यूएसए
२. न्यूट्रोगेना
३. मेर्क एन्ड कम्पनी
४. थम्सन रोयटर्स
५. पाकिस्तान इन्टरनेशनल एयरलाइन्स
६. टीएपी एयर पोर्चुगल
७. इजिप्ट एयर
८. मेरी के
९. केएलएम रोयल डच एयरलाइन्स
१०. भर्जिन एट्लान्टिक
तलबको कुरा गर्दा एचएसबीसीका कर्मचारीहरुको औसत तलब ९७ हजार डलर छ । न्यूट्रोजेना जोन्सन एन्ड जोन्सनको सहायक कम्पनी हो । यहाँ कर्मचारीको औसत तलब ६६ हजार डलर छ । कम्पनीले कर्मचारीहरुलाई पितृ बिदा, घरपालुवा जनावर बीमा र तलबी बिदा पनि दिइरहेको छ । सूचीको शीर्ष १० मा परेका १० मध्ये आधा कम्पनी विमान सेवा प्रदायक हुन् । यी कम्पनीमा कर्मचारीको औसत बसाई ८ दशमलव ७ वर्षदेखि ९ दशमलव ५ वर्ष रहेको छ ।
सूचीको ११ देखि २० औं स्थानमा रहेका कम्पनीमा कर्मचारीको औसत कार्य अवधि पनि ८ दशमलव ७ वर्षदेखि ८ दशमलव ३ वर्षबीच रहेको छ । कर्मचारी सबैभन्दा धेरै टिकाउने २० मध्ये ११ ओटा कम्पनी विमान सेवा प्रदायक छन् । कर्मचारी बस्नै नचाहने कम्पनीमा रेडिट र जूम पनि छन् । कर्मचारी टिक्दै नटिक्नै कम्पनी क्वाइनबेस हो । यो कम्पनीमा कर्मचारीको औसत बसाई अवधि शून्य दशमलव ८ वर्ष रहेको छ ।
अभेलो एयरलाइन्स, पोपयसमा कर्मचारीको औसत बसाई अवधि पनि शून्य दशमलव ८ वर्ष नै छ । मेडेर्ना र रेडिटमा यो दर क्रमशः १ वर्ष र शून्य दशमलव २ वर्ष छ । अल्फाबेट पनि कर्मचारी टिक्दै नटिक्ने कम्पनीमा पर्छ ।
यहाँ कर्मचारीको औसत बसाई अवधि १ दशमलव ३ वर्ष मात्रै छ । शिन, जूम, वेला कम्पनीमा पनि कर्मचरी औसतमा १ वर्ष ३ महीना मात्रै टिकेको पाइएको छ । एमाजन र फेसबुकमा यो दर क्रमशः १ दशमलव ५ वर्ष र १ दशमलव ७ वर्ष रहेको छ । एजेन्सीको सहयोगमा
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।