असार १९, काठमाडौं। नेपाल प्रहरीको मानव श्रोत विकास विभागले प्रहरी सहायक निरीक्षक र प्रहरी जवानसहित २ हजार ८९० जनाको लागि दरखस्त आव्हान गरेको छ ।
विभागले ४४३ जना प्रहरी सहायक निरीक्षकमा खूल्लातर्फ २३८ जना र समावेशीतर्फ २५५ जनाको माग गरेको हो । त्यस्तै, प्रहरी जवान खुल्लातर्फ १ हजार ३३४ जना र समावेशीतर्फ ९४० जनाको लागि आवेदन माग गरिएको छ ।
यसअघि २०७८ असोज २२ गते प्रकाशित प्रहरी सहायक निरीक्षक पदपूर्ती विज्ञापन र मंसिरमा प्रकाशित प्रहरी जवान पदपूर्ति विज्ञापनमा केहि संख्या थप गरी पुन : विज्ञापन प्रकाशन गरिएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।