आदर्श लघुवित्तको आईपीओले पहिलो कारोबारको लागि कति पाउला त ओपन  रेञ्ज ?

Share News

असार २३, काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओले पहिलो कारोबारको लागि १२२ दशमलव ८८ रुपैयाँदेखि ३६८ दशमलव ६४ रुपैयाँसम्म ओपन रेञ्ज पाउने देखिएको छ ।

कम्पनीको आव २०७७ / ७८ को वास्तविक प्रतिशेयर नेटवर्थ रू. १२२ दशमलव ८८ रुपैयाँ रहेकोले उक्त रेञ्ज पाउने देखिएको हो । नेपाल स्टक एक्सचेञ्जले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ  । सोही कारण उक्त मूल्य रेञ्ज पाउने देखिएको हो ।  कम्पनीको आईपीओ हाल नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ ।

 कम्पनीको आईपीओ गत असार १३ गते बाँडफाँट भएको थियो । ६ हजार २६१ जना सर्वसाधारण लगानीकर्ताहरुले मात्र शेयर पाएका थिए ।  कम्पनीले शेयर रजिष्ट्रारमा बि.ओ.के क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।

अव कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्नेलगायतका सम्पूर्ण कार्यहरु उक्त क्यापिटल मार्केट लिमिटेडबाट हुनेछ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।