आदर्श लघुवित्तको आईपीओ सूचीकृत , कति पायो ओपन रेञ्ज ?

Share News

साउन २, काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाको आईपीओ सोमवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको २ लाख ७ हजार कित्ता साधारण शेयर सूचीकृत भएको  हो । अव यो शेयर मंगलवारदेखि कारोबारमा आउनेछ । नेप्सेले पहिलो कारोबारको लागि रू. १२२ दशमलव ८८ देखि ३६८ दशमलव ६४ ओपन रेञ्ज तोकेको छ । कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले प्रतिशेयर नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।

कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको ६७ हजार कित्ता र संस्थापकतर्फको १ लाख ४० हजार कित्ता गरेर कुल २ लाख ७ हजार कित्ता साधारण शेयर सूचीकृत गराएको हो । साथै कम्पनीले सूचीकरण पश्चात दिनुपर्ने आरटिएस सेवा बि.ओ.के. क्यापिटल मार्केट नक्साल, काठमाडौंबाट हुने नेप्सेमार्फत जानकारी दिएको छ । कम्पनीको स्टक संकेत एडीएलबी रहेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।