आकर्षक मुनाफा आर्जन गरेको फष्र्ट माइक्रोफाइनान्सको लाभांश क्षमता  कति ? हेरौ चौथो त्रैमासिक वित्तीय विवरण सहितको कम्पनी विश्लेषण

Share News


साउन ९, काठमाडौं । फष्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ८७ दशमलव ८१ प्रतिशत वृद्धि भएको हो । कम्पनीले अघिल्लो आवमा रू. १४ करोड ३१ लाख नाफा कमाएकोमा गत आवमा बढेर रू. २६ करोड ८८ लाख पुगेको हो । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । कम्पनीको चुक्ता पूँजी रू. ९६ करोड ४४ लाख रहेको छ भने गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. २१ करोड ४ लाख  र रिटेन्ड अर्निङमा रू. २३ करोड २ लाख सञ्चित गरेको छ । त्यसैगरी सो अवधिमा कम्पनीको वितरणयोग्य नाफा रू.२० करोड ९५ लाख रहेको छ । एनएफआरएस प्रणाली अनुसार कम्पनीले आर्जन गरेको खुद नाफालाई विभिन्न शिर्षकमा छुट्याएपछिको नाफानै वितरणयोग्य नाफा हो । यही नाफाबाट कम्पनीले शेयरधनीलाई लाभांश दिने गर्दछ । यस वितरणयोग्य नाफाका आधारमा कम्पनीको लाभांश क्षमता २१ दशमलव ७२ प्रतिशत रहेको छ ।कम्पनीले अघिल्लो आव २०७७÷७८ सम्मको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गरेको हो । त्यस्तै गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. २७ दशमलव ८८ , मूल्य आम्दानी अनुपात २३ दशमलव २८ गुणा,तरलता अनुपात ५ दशमलव १७ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू.१४५ दशमलव ६९ रहेको छ । कम्पनीले विगत पाँच आवमा दिएको लाभांश विवरण यस प्रकार रहेको छ ।

 
 कम्पनीको विगत चार आवको वित्तीय अवस्था ः रू. हजारमा 


प्राविधिक विश्लेषण 
मैनबत्ती चित्र 


    
२५ अप्रिल २०२२                                                                                       २४ जुलाई २०२२
६७ दिनको कारोबार अवधिको अन्तिम दिनमा लामो टुप्पि भएको सेतो मैनबत्ती आकृति बनेको छ ।यस्तो आकृतीले कम्पनीको शेयर मूल्य आगामी दिन बढ्ने संकेत देखाँछ । सोमवार कायम यस कम्पनीको शेयर मूल्य ६७ दिनयताकै उच्च विन्दुमा पुगेको हो । सोही कारण लगानीकर्ताले प्रोफिट बुक गर्न सक्ने सम्भावना पनि छ । 
आरएसआई

२५ अप्रिल २०२२                                                                                       २४ जुलाई २०२२
ः ६७ दिनको कारोबार अवधिमा आरएसआई ६४ दशलमव १४ बिन्दुमा रहेको छ । यो न्यूट्रल जोनमा रहेको छ । यस्तो अवस्थामा खरीद विक्री चाप सन्तुलनमा रहेको देखिन्छ ।  
     स्ट्याण्र्ड डेभिएसन


                                                                              
२५ अप्रिल २०२२                                                                                       २४ जुलाई २०२२
ः २५ दशमलव २३ बिन्दुमा रहेको छ । यस्तो अवस्थामा उतारचढाव सामान्य रहेको देखाउँछ  । कम जोखिम युक्त र पूर्वानुमान गर्न सजिलो छ । लाभ पनि न्यून हुन सक्छ । 
मुभिङ एभरेज

२५ अप्रिल २०२२                                                                                       २४ जुलाई २०२२

ः हालको शेयर मूल्य ७ दिने र १४ दिने रेखा भन्दा माथि रहेको छ ।    यस्तो अवस्थामा ७ दिने रेखाले २६ दिने रेखालाई तलबाट काटेर माथि गएमा शेयर मूल्य बढ्ने गर्दछ भने २६ दिने रेखामा प्रतिरोध पाएर फर्किएमा मूल्य घट्ने देखिन्छ । सोमवारको शेयर मूल्य प्रतिकित्ता रू. ७४३  देखि सस्तिएमा  रू ६७० टेवा पाउने देखिन्छ । कम्पनीको शेयर मूल्य ६७ कारोबार दिन अवधिकै उच्च विन्दुमा पुगकाले प्रतिरोध मूल्य देखिएको छैन । 
( यद्धपि हामीले उपलब्ध तथ्याङ्कको अधारमा गरेको विश्लेषण आफैमा पुर्ण होइन , लगानीकर्ताले लगानी गर्नु पूर्व कम्पनीको समग्र आधारभुत पक्ष र प्राविधिक पक्ष हर्नु आवश्यक रहेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।