शुभ लक्ष्मी कोषले साउन १९ गतेदेखि ५ करोड इकाई निष्कासन गर्ने

Share News

साउन ११, काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित शुभ लक्ष्मी कोष (खुलामुखी) ले साउन १९ गतेदेखि ५ करोड ईकाइ निष्कासन गर्ने भएको छ । निष्कासन गर्ने कूल ५ करोड इकाइमध्ये ७५ लाख कित्ता कोष प्रवद्र्धक लक्ष्मी बैंकलाई सुरक्षित गरी बाँकी न्यूनतम ४ करोड २५ लाख ईकाइमध्ये सर्वसाधारणलाई १ करोड ७५ लाख ईकाइ विक्री गर्ने भएको हो ।

इच्छुक लगानीकर्ताले प्रतिइकाई रू. १० अंकित मूल्यका दरको न्यूनतम १०० इकाईदेखि ५० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् ।  उक्त इकाईमा साउन २३ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग बमोजिम आवेदन नपरेमा भदौ २ गतेसम्म थप हुन जनाइएको छ । 

उक्त इकाईको निष्कासन तथा विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । इकाइमा विक्री प्रबन्धक धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । 

सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।