असार मसान्तसम्म कुमारी इक्वीटी फण्डको कुल आम्दानी ३ करोडभन्दा बढि

Share News

साउन १२, काठमाडौं । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्डले सम्पत्ति मूल्य विवरण बिहीवार सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार फण्डको प्रतिइकाइ खुद मूल्य (न्याभ) जेठ महीनाको तुलनामा असार महिनामा बढेको छ । जेठ मसान्तसम्ममा फण्डको न्याभ रू. १० दशमलव शून्य ८ रहेकोमा असार महीनामा रू. १० दशमलव ३३ कायम भएको हो । 

त्यसैगरी फण्डको नाफा जेठ महीनाको तुलनामा असार महीनामा बढेको छ । फण्ड जेठ मसान्तसम्ममा रू. १ करोड २९ लाख घाटामा रहेकोमा असार महीनामा रू. १ करोड १८ लाख कूल नाफा आर्जन गरेको हो ।

त्यस्तै, जेठ मसान्तसम्ममा फण्डको जम्मा खर्च रू. १ करोड ८३ लाख रहेकोमा असार मसान्तसम्ममा बढेर रू. २ करोड १ लाख पुगेको हो । त्यसैगरी असार  मसान्तसम्ममा फण्डको जम्मा आम्दानी रू. ३ करोड १९ लाख रहेको छ । सो आम्दानी जेठ महीनासम्म ५४ लाख थियो । 

फण्डको सूचीकृत शेयरमा लगानी बढेको  छ । जेठ मसान्तसम्ममा फण्डको सूचीकृत शेयरमा रू. ४२ करोड ५२ लाख लगानी रहेकोमा असार मसान्तसम्ममा बढेर रू. ४६ करोड ६० लाख पुगेको छ । फण्डको मुद्दती निक्षेपमा रू. ७ करोड रहेको छ । 

वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुहोला
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।