१७ करोड ८० लाख नोक्सानीमा नबिल ब्यालेन्सड् फण्ड ३

Share News

साउन १३, काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल ब्यालेन्सड् फण्ड ३ ले असार मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण शुक्रवार सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार फण्डले असार मसान्तसम्ममा रू. १७ करोड ८० लाख नोक्सानीमा रहेको छ । फण्डले जेठ मसान्तसम्ममा पनि रू. १९ करोड १० लाख नोक्सानीमा थियो । यसरी हेर्दा फण्डको नोक्सानी घटेको देखिन्छ ।

असारमा फण्ड न्याभ भने बढेको छ । जेठ मसान्तसम्ममा फण्डको न्याभ रू. ४ दशमलव ४८ रहेकोमा असार मसान्तसमा रू. ८ दशमलव ५८ कायम भएको छ ।

त्यसैगरी फण्डले असार मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. ६२ करोड ५९ लाख लगानी गरेको छ । यो लगानी जेठमा रू. ६० करोड २५ लाख थियो । 

रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।