लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फण्डले गरे लाभांश घोषणा

Share News

साउन १७, काठमाडौं । लक्ष्मी म्युचुअल फण्डद्वारा सञ्चालित दुई म्युचुअल फण्डहरूले आव  २०७८\०७९ सम्मको सञ्चित  मुनाफाबाट लाभांश घोषणा गरेका छन् ।

लक्ष्मी म्युचुअल फण्डको साउन १६ गते बसेको सञ्चालक समितिको बैठकले लक्ष्मी उन्नत्ति कोषका इकाईधनीहरूलाई ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो ।

त्यसैगरी लक्ष्मी इक्विटी फण्डले आव  २०७८\७९  सम्मको सञ्चित  मुनाफाबाट ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ ।

यी दुबै फण्डले  उक्त लाभांशका लागि बुक क्लोज मिति भने सार्वजनिक गरेको छैनन् । दुवै फण्डको योजना व्यवस्थापक लक्ष्मी क्यापिटल रहेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।